कुकुर मारेको झोकमा छोराको ढुङ्गा प्रहारबाट बाबुको ज्यान गयो - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

कुकुर मारेको झोकमा छोराको ढुङ्गा प्रहारबाट बाबुको ज्यान गयो - Gandaki Express


साउन २, पूर्वि नवलपरासीको कावासोतीमा छोराले बाबुको हत्या गरेका छन । घरमा पालेको कुकुरलाई हिर्काएर मारेको भन्दै एक युवकले आफ्नै बाबुको हत्या गरेका हुन् । कुकुरलाई हिर्काएको विषयमा कावासोतीका बाबु प्रेम कुमाल र छोरा निराजनबीच झगडा भएको थियो ।


बुधबार बिहान ११ बजे कावासोती नगरपालिका वडा नम्बर ५ ठकुरीचोकमा बुबा-छोराबीच झगडा भएपछि छोराले ढुंगा प्रहार गर्दा बुवा ४३ वर्षीय प्रेम कुमालको मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक एवम प्रवक्ता बेद बहादुर पौडेलका अनुसार घरमा पालेको कुकुरलाई बाबु प्रेमले पिटेको विषयमा प्रेम र उनका १८ वर्षीय छोरा निराजनबीच झगडा भएको थियो ।


प्रेमको कुटाइबाट घरमा पालेको कुकुरको मृत्यु भएपछि छोरा निराजनले ढुंगाले टाउकोमा हिर्काउँदा बाबु प्रेमको घटनास्थलमै मृत्यु भएको थियो । निराजनलाई प्रहरीले पक्राउ गरेको छ प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :