बुधबार बिहान ११ बजे कावासोती नगरपालिका वडा नम्बर ५ ठकुरीचोकमा बुबा-छोराबीच झगडा भएपछि छोराले ढुंगा प्रहार गर्दा बुवा ४३ वर्षीय प्रेम कुमालको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक एवम प्रवक्ता बेद बहादुर पौडेलका अनुसार घरमा पालेको कुकुरलाई बाबु प्रेमले पिटेको विषयमा प्रेम र उनका १८ वर्षीय छोरा निराजनबीच झगडा भएको थियो ।
प्रेमको कुटाइबाट घरमा पालेको कुकुरको मृत्यु भएपछि छोरा निराजनले ढुंगाले टाउकोमा हिर्काउँदा बाबु प्रेमको घटनास्थलमै मृत्यु भएको थियो । निराजनलाई प्रहरीले पक्राउ गरेको छ प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

