गाँजा बोकेको एम्बुलेन्ससहित ड्राइभर प्रहरीको नियन्त्रणमा - Brighter Khabar

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

गाँजा बोकेको एम्बुलेन्ससहित ड्राइभर प्रहरीको नियन्त्रणमा - Brighter Khabar


असोज १० गते । प्रहरीले विराटनगर–१८ लाभाघाटबाट गाँजा बोकेको एम्बुलेन्ससहित चालकलाई नियन्त्रणमा लिइएको छ । 

मङ्गलबार राति १० बजे इलाका प्रहरी कार्यालय बुधनगरको टोलीले को १ च ४६१९ नम्बरको एम्बुलेन्समा गाँजा लैजाँदै गरेको अवस्थामा चालकलाई पक्राउ गरेको हो ।

मोरङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालका अनुसार विशेष सूचनाका आधारमा त्यहाँ पुगेको एम्बुलेन्सलाई चेकजाँच गरिएको थियो । 

दशगजातर्फ गइरहेको एम्बुलेन्स चेकजाँच गर्दा डिकीमा लुकाएको अवस्थामा २१.५ केजी गाँजा बरामद भएको थियो ।

राजन अधिकारी फाउण्डेसन धरानद्वारा सञ्चालित एम्बुलेन्सका चालक ३८ वर्षीय गङ्गा सरकारलाई प्रहरीले गाँजा बरामद भएपछि नियन्त्रणमा लिएर जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । 

सरकारको साथबाट ४० हजार रुपियाँसमेत बरामद भएको छ । चालक  धरान–११ निवासी हुन् ।

सीमानजिक एम्बुलेन्समा गाँजा बरामद भएपछि आसपास खोजतलास गरिएको थियो । त्यस क्रममा भारतीय बीआर ३८ एएफ ०३३६ नम्बरको मोटरसाइकल  प्रहरीले बरामद गरेको जानकारी दिइएको छ ।

यसैगरी, विराटनगर–१८ बाटै खेतमा परालले छोपेर राखेको १६.५ केजी गाँजा त प्रहरीले बरामद गरेको छ । 

प्रहरीले सीमा नजिकबाट एकैदिन ४२ केजी गाँजा बरामद गरेको हो । गाँजा पक्राउ परेको स्थानदेखि सीमाक्षेत्र नजिकै पर्दछ । 

आईसिपी नजिक रहेको यो क्षेत्रबाट एक किलोमिटर दूरीमा सीमाक्षेत्र छ । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :