चामलको बोरामा लुकाएर काठमाडौँ लैजाँदै गरेको ब्राउन सुगर सहित दुईजना पक्राउ - Breaking news

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

चामलको बोरामा लुकाएर काठमाडौँ लैजाँदै गरेको ब्राउन सुगर सहित दुईजना पक्राउ - Breaking news


असोज १० गते । चामलको बोरामा लुकाएर झापाबाट काठमाडौँ पठाउन लागेको झण्डै १० ग्राम ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बेलुकी करिब सवा ५ बजे शिवसताक्षी नगरपालिका–११ स्थित दुधेबाट शिवसताक्षी–१ का दुई युवकलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार साकिरा यातायात प्रालिको काउन्टरमा प्र. १–०१–०१३ प ६५८१ नम्बरको स्कुटरमा काठमाडौँ पठाउन चामलको बोरा बोकेर आएको प्रहरीको भनाइ छ ।


२९ वर्षीय साजन राई र ३५ वर्षीय सुन्दर लावतीलाई इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले ९ ग्राम ७७० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :