स्रोत नखुलेको डेढ करोड सहित पक्राउ पर्नेहरूमाथि अनुसन्धान सुरु,हुण्डी कारोबारको आशङ्का - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

स्रोत नखुलेको डेढ करोड सहित पक्राउ पर्नेहरूमाथि अनुसन्धान सुरु,हुण्डी कारोबारको आशङ्का - Gandaki Express


चैत ३ गते। हुण्डी कारोवारको आशंकामा नेपालगन्जमा प्रहरीले नियन्त्रणमा लिएको स्रोत नखुलेको एक करोड ५६ लाख रुपियाँ र पक्राउ परेका आठ जनाको बारेमा विस्तृत छानबिन सुरु भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जको तीन ठाउँबाट बरामद गरेको सो रकम र पक्राउ परेकालाई सार्वजनिक गर्दै सो को छानबिन  राजस्व अनुसन्धान कार्यालय कोहलपुरले गर्ने भएको छ ।


जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख सुवासचन्द्र बोहोराले विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगन्जको तीन ठाउँबाट बरामद गरेको एक करोड ५६ लाख २८ हजार तीन सय रुपियाँ र पक्राउ परेका आठ जनाको केसलाई थप अनुसन्धानका लागि राजस्व कार्यालय कोहलपुरलाई बुझाइएको जनाएका छन् । 


प्रहरीले नेपालगन्जको बसपार्क र पुष्पलाल चोकका दुई होटल तथा धम्बोझीबाट छुट्टाछुट्टै आठ जनालाई स्रोत नखुलेको सो अवैध रकमसहित नियन्त्रणमा लिएको थियो। उनीहरुको साथबाट एक करोड ५६ लाख २८ हजार तीन रुपियाँ पनि बरामद गरिएको थियो। 


पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका १६ का ३५ वर्षीय रोहित क्षेत्री, तुलसीपुर उपमहानगरपालिका ९ घर भएर नेपालगन्ज उपमहानगरपालिका ४ बस्ने ४३ वर्षीय कृष्णबहादुर विक, भारत बहराइचका ४१ वर्षीय राहुल जैसवाल र नेपालगन्ज उपमहानगरपालिका १६, जयसपुरका ५० वर्षीय सलिम जोलाह र उनका २८ वर्षीय छोरा आसिफ जोलाहा रहेको प्रहरीले जनाएको छ।


त्यसैगरी, राजापुर नगरपालिका १, बर्दियाका २० वर्षीय अनुप थारु, बर्दियाकै बारबर्दिया नगरपालिका २ बस्ने २५ वर्षीया पूर्णिमा थारु र नेपालगन्ज उपमहानगरपालिका १६ जयसपुरका ३६ वर्षीय हसिब अहमद जसगढलाई पक्राउ गरिएको थियो। 


कारोबारमा संलग्न केही व्यक्ति अझै पनि फरार रहेको र उनीहरुलाई खोज्ने कार्य प्रहरीले गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :