अर्जुनचौपारी पोखरा सम्पर्क समाजको पाँचौँ साधारण सभा सँगै सम्मान कार्यक्रम सम्पन्न - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

अर्जुनचौपारी पोखरा सम्पर्क समाजको पाँचौँ साधारण सभा सँगै सम्मान कार्यक्रम सम्पन्न - Gandaki Express


चैत्र ३, पोखरा  । अर्जुनचौपारी पोखरा सम्पर्क समाजले आफ्नो पाँचौँ साधारण सभा सम्पन्न गरेको छ । समाजले शनिवार संस्थाका  अध्यक्ष जमुना काफ्ले चापागाईँको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरेको हो ।

 गण्डकी प्रदेश सभासद् सुधीर कुमार पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थालाई विशेष सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो । 

संस्थाका उपाध्यक्ष गोविन्द काफ्लेले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा अक्षय कोष स्थापना सँगै भिन्न सहयोग गर्ने संस्थाका निवर्तमान अध्यक्ष डा.भवानी शङ्कर पौडेल र  विशेष सहयोग गर्ने  रामचन्द्र पौडेललाई समाजले सम्मान गरेको हो । 
संस्थाका कोषाध्यक्ष महेश्वर रिमालले आर्थिक विवरण पेस गरेको उक्त कार्यक्रमको सञ्चालन  समाजका सचिव गोविन्द सापकोटाले गरेका थिए  । 

कार्यक्रममा अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङ , स्याङ्जाली सम्पर्क सदन पोखराका अध्यक्ष तारा गौतम ,   समाजसेवी शैलेन्द्र घिमिरे सँगै अर्जुनचौपारीबाट पोखरा आएर  विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्तिहरूको उपस्थिति रहेको थियो  । 





















Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :