आफ्नै छोराको हत्या गरेको आरोपमा आमा पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

आफ्नै छोराको हत्या गरेको आरोपमा आमा पक्राउ - Gandaki Express


 आफ्नै छोराको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानले झिमरुक गाउँपालिका–७ तुषाराकी ३२ वर्षीया नारायणी केसीलाई पक्राउ गरेको हो ।


मृतक बच्चालाई काखमा च्यापेर गाउँ हिँडिरहेको अवस्थामा केसीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिनुभयो । तीन वर्षीय छोरा अप्रेल केसीलाई हत्या गरेको आशङ्कामा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।


असोज १८ गते दिउँसो मृतक बच्चालाई च्यापेर हिँडेको देखेपछि स्थानीयले वडा कार्यालयमा खबर गरेका थिए । घटनालगत्तै इलाका प्रहरी कार्यालय मच्छीलाई खबर गरेर जानकारी गराएको वडा अध्यक्ष कृष्णबहादुर जिसीले जानकारी दिनुभयो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :