मृतक बच्चालाई काखमा च्यापेर गाउँ हिँडिरहेको अवस्थामा केसीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिनुभयो । तीन वर्षीय छोरा अप्रेल केसीलाई हत्या गरेको आशङ्कामा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।
असोज १८ गते दिउँसो मृतक बच्चालाई च्यापेर हिँडेको देखेपछि स्थानीयले वडा कार्यालयमा खबर गरेका थिए । घटनालगत्तै इलाका प्रहरी कार्यालय मच्छीलाई खबर गरेर जानकारी गराएको वडा अध्यक्ष कृष्णबहादुर जिसीले जानकारी दिनुभयो ।

