चापाकोट नगरपालिका ७ खासा बस्ने अन्दाजी ४५ वर्षीय श्रीमती पार्वती विक धारिलो हतियार प्रहारबाट र श्रीमान् अन्दाजी ४९ वर्षीय देव बहादुर विक घर अगाडिको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
६ सन्तान मध्ये घरमा कान्छी छोरी मात्रै रहेको र उनी भिन्नै कोठामा सुतेको बेला रातिको समयमा उनका बाबुआमाको रहस्यमय मृत्यु भएको हो । बाबुआमालाई त्यो अवस्थामा देखेपछि उनले प्रहरीलाई खबर गरेकी थिइन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार श्रीमान् श्रीमती बेलाबेलामा झगडा गर्ने गरेको भेटिएको छ । पार्वतीले लगाएका कुनै पनि गहना शरीरमा नभएको र झगडाकै कारण श्रीमतीको हत्या गरेर श्रीमान् आफूले आत्महत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।
साँझ खाना खाएपछि राति कुन समयमा सो घटना भयो भन्नेबारे यकिन नभएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

