तनहुँमा आज मङ्गलबार मात्रै एक सय ८२ जनामा डेङ्गु संक्रमण पुष्टि - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

तनहुँमा आज मङ्गलबार मात्रै एक सय ८२ जनामा डेङ्गु संक्रमण पुष्टि - Gandaki Express


कात्तिक १५ गते , तनहुँ । मङ्गलबार मात्रै तनहुँमा  एक सय ८२ जना नयाँ डेङ्गु सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ  करिब दुई महिनाअघिदेखि फैलिएको डेङ्गु दैनिक फैलिँदै जाँदा अझै नियन्त्रणमा आउन सकेको छैन ।

तनहुँमा सोमबारसम्म छ हजार चार सय ८४ जना डेङ्गु सङ्क्रमित रहेरहेका थिए तर आज बुधबार सम्म आइपुग्दा  यो संख्या बढेर  छ हजार छ सय छैसठ्ठी जना पुगेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ  ।

व्यास नगरपालिकामा ६० जना नयाँ सङ्क्रमित थपिएका छन् । यसअघि पाँच हजार चार सय १५ रहेको यस पालिकामा  थपिएर पाँच हजार चार सय ७५ जना पुगेको छ । डेङ्गु सङ्क्रमितका कारण निजी क्लिनिक र अस्पतालमा दैनिक भीडभाड हुने गरेको छ भने कतिपय पोखरा र चितवनसम्म धाउन थालेका छन् ।  जिल्लाको अन्य पालिकामा शुक्लागण्डकी नगरपालिकामा चार सय ९६, ऋषिङ गाउँपालिकामा एक सय ९४, भिमाद नगरपालिकामा एक सय ८४, म्याग्दे गाउँपालिकामा एक सय १०, भानु नगरपालिकामा ८४, बन्दीपुर गाउँपालिकामा ४७, आँबुखैरेनी गाउँपालिकामा ३९, देवघाट गाउँपालिकामा २२ र घिरिङ गाउँपालिकामा नौ जना सङ्क्रमित भएका छन् । 

यसलाई कम गर्न र  यसबाट बच्न बयस्क एडिज जातको लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो ।

 जिल्ला स्वास्थ्य कार्यालय तनहुँले  घर वरिपरि पानी जम्न नदिने, सुत्दा झुलको प्रयोग गर्ने, पूरा बाउला भएका कपडा लगाउनेलगायतमा सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :