![]() |
सांकेतिक तस्विर |
स्याङ्जा, कात्तिक २९ गते । स्याङ्जामा भएको मोटरसाइकल दुर्घटनामा भलिबल खेलाडी सन्तोषबहादुर थापा मगरको ज्यान गएको छ ।
भलिबल प्रतियोगितामा भाग लिएर गए राति फर्कने क्रममा गण्डकी प्रदेश भलिबल टोलीका सदस्य सन्तोषबहादुर थापा मगरको दुर्घटना परेर ज्यान गएको हो ।
स्याङ्जा चापाकोट नगरपालिका २ धुर्कोटका थापा गत वर्ष नवौँ राष्ट्रिय खेलकुद तथा टाइगर कपको तीनै संस्करण गण्डकी प्रदेशबाट खेलेका थिए ।
सन्तोषले पछिल्लो समय सन्तोष एपिएफबाट समेत खेल्दै थिए ।
थापा गण्डकीका उदीयमान खेलाडी थिए ।