स्याङ्जा , स्याङ्जामा रोकिराखेको सवारीमाथि आगजनी भएको छ । बिहीबार पुतली बजारमा रोकिराखेको कारमा अज्ञात समूहले आगजनी गर्दा कार पूर्ण रूपले जलेर नष्ट भएको हो ।
करिब २ बजेको समयमा पार्किङ गरी राखेको ग १ च ६२१६ नम्बरको निजी कारमा अज्ञात समूहले आगजनी गरेको थियो ।
पुतली बजार नगरपालिका- ४ झार बेडी भन्ने स्थानमा सोही स्थान निवासी मधु ढकालको निजी सवारीमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रहरीका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।