स्याङ्जामा भएको अटो दुर्घटनामा १६ महिने शिशुको ज्यान गयो - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

स्याङ्जामा भएको अटो दुर्घटनामा १६ महिने शिशुको ज्यान गयो - Gandaki Express


मङ्सिर ३ गते । स्याङ्जामा शनिवार साँझ लु १ ह ३६८६ नम्बरको अटो रिक्सा  दुर्घटना हुँदा १६ महिने शिशुको ज्यान गएको छ ।  

वालिङ नगरपालिका वडा नं.१ खहरे स्थित भित्री सडकमा गुडिरहेको अटो  अनियन्त्रित भई दुर्घटना हुँदा शिशुको ज्यान गएको हो । 

दुर्घटनामा  रुपन्देहीको तिलोत्तमा  नगरपालिका वडा नं.१० कान्छी बजार बस्ने ओम बहादुर  लम्साल क्षेत्रीकी १६ महिना की छोरी कायरा क्षेत्रीको ज्यान गएको हो । 

प्रहरीले दिएको जानकारी अनुसार  दुर्घटनामा परी गम्भीर घाइते भएकी कायराको उपचारका क्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङमा ज्यान गएको हो ।

अटोमा सवार अन्य  चार जना सकुशल रहेको खबर छ । अटो चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :