भारतमा बसेर नेपालमा अनलाइन ठगि गर्ने गिरोह पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

भारतमा बसेर नेपालमा अनलाइन ठगि गर्ने गिरोह पक्राउ - Gandaki Express


मङ्सिर ७ गते । अनलाइनबाट ठगी गर्ने गिरोहलाई पक्राउ गरेर सुदूरपश्चिम प्रदेश प्रहरीले आज सार्वजनिक गरेको छ । अपराधमा संलग्न नेपाल–भारतका नौ जनालाई प्रहरीले हिजो साँझ धनगढी उपमहानगरपालिका–५ तारानगरबाट पक्राउ गरेको थियो । 

पक्राउ पर्नेमा कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ का ३० वर्षीय विशाल सुनार, वर्ष २८ का कमल सुनार, वर्ष २२ का जयराम सुनार, भारतको दिल्ली पालङ्गा बस्ने वर्ष ३२ का अमित कुमार रहेका छन् । 

यस्तै, दिल्लीको उत्तमनगर बस्ने वर्ष २६ का कुनाल शर्मा, दिल्लीको करोलबाग बस्ने निखिल कुमार, दिल्ली बस्ने प्रियंसु टापु, डोटीको शिखर नगरपालिका–१० का २१ वर्षीय प्रशान्त बलायर र कञ्चनपुरको पुनर्वास नगरपालिका –६ का २९ वर्षीय मीनबहादुर सुनार पनि पक्राउ परेका छन् । 

पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले विभिन्न कम्पनीको ११ वटा ल्यापटप, आठ थान मोबाइल, वर्ल्ड लिङ्कको एक थान राउटर, १२ थान हेडफोन र एक थान किबोर्ड बरामद गरेको छ । यसैगरी, ठगीधन्दाको टिम म्यानेजर विशाल सुनारको कञ्चनपुर बेलडाँडीस्थित घरबाट प्रहरीले भारु २९ लाख ३२ हजार ३०० (नेपाली रुपियाँ ४६ लाख ९१ हजार ६८०) बरामद गरेको छ । अनलाइनबाट ठगी गर्नेहरूलाई धनगढीमा पक्राउ गरिसकेपछि प्रहरीले विशालको घरमा छापा मारेको थियो ।

गिरोहले तारानगरस्थित शिवदत्त पाण्डेयको पक्की घरको दोस्रो तलामा आइटी सेक्टर नै सञ्चालन गरेर ठगीधन्दा चलाएको प्रहरीले जनाएको छ । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनगढी, प्रदेश प्रहरी कार्यालयको आरआइटी टोली र प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बताउनुभयो । 

भारतको दिल्ली बस्ने सूर्य सरदारले दिल्लीमा बसेर नेपालबाट ठगीधन्दा सञ्चालन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले बताउनुभयो । डिआइजी बोहराका अनुसार पक्राउ परेका नौ जना व्यक्ति कर्मचारी हुन् । मुख्य योजनाकार सरदारले नै विशाललाई मासिक ५० हजार र अन्यलाई मासिक १२ हजारदेखि २० हजार रुपियाँसम्म तलब दिनेगरी ठगीधन्दामा सञ्चालन गरेको बोहराले बताउनुभयो ।

कोठाभाडा खर्चदेखि लिएर कर्मचारी तलब पनि सरदारले नै ब्यहोर्ने गरेको जनाइएको छ । “अनलाइन ठगी कार्यका लागि सरदारले नै कर्मचारीलाई भिडियो कन्फ्रेन्समार्फत तालिम र आवश्यक स्क्रिप्टसमेत दिनेगरेका छन्” डिआइजी बोहराले भन्नुभयो । 

अनलाइन ठगीमा संलग्न भएकाहरूले मनि लाउण्ड्रिङ, दुर्घटना बिमालगायत विषयमा प्रलोभनमा पारेर विशेषगरी पोल्याण्डलगायतका विभिन्न देशका नागरिकलाई भिसीडाइल सफ्टवेयर प्रयोग गरेर अनलाइनमार्फत ठगी गरेको प्रहरीले जनाएको छ । सुरुमा कामदारले विदेशीसँग कुरा गर्नेगरेको र सबै कुरा यकिन भएपछि रकम लगायत अन्य कुराको डिल मुख्य योजनाकार सूर्य सरदारले गर्नेगरेको खबर गोरखापत्रमा  छ । 

उनीहरू विगत चार महिनादेखि धनगढीमा ४० हजार रुपियाँमा घर भाडामा लिएर ठगीधन्दा चलाएको डिआइजी बोहराले बताउनुभयो । पक्राउ परेका व्यक्तिमाथि ठगी र सङ्गठित अपराध मुद्दा चलाउने जनाइएको छ । यसैगरी, बरामद भएको रुपियाँ नेपाल सरकारको राजस्वमा जम्मा हुने जनाइएको छ । लट्री परेको मेसेज पठाएर अन्य विभिन्न तरिकाले अनलाइन ठगी हुनेगरेको उल्लेख गर्नुहुँदै डिआइजी बोहराले त्यस्तो ठगीबाट सजग रहन सर्वसाधारणलाई आग्रह गर्नुभयो । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :