सामाजिक सञ्जाल फेसबुकमार्फत साथी बनाइ ठगी गर्ने २७ वर्षीय सुजता पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

सामाजिक सञ्जाल फेसबुकमार्फत साथी बनाइ ठगी गर्ने २७ वर्षीय सुजता पक्राउ - Gandaki Express


मंसिर १० गते । सामाजिक सञ्जाल फेसबुकमार्फत साथी बनाइ एक लाख ३५ हजार रुपियाँ ठगी गर्ने २७ वर्षीय सुजता चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । 


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार फेसबुकमा एलेक्स बेन्जामिन नाम भएका प्रयोगकर्ताले पीडितहरुलाई साथी बनाइ आफू टर्कीको नागरिक रहेको बताएर माया जालमा पारी आईफोन, घडी, जुत्ता, सुनका गहनाहरु, मेकअपका सामानहरुसहितको लगेज पठाएको छु भनी सामानको फोटो समेत पठाउने गरेका थिए ।


त्यसपछि कुरियरको मान्छेले सम्पर्क गर्छ भनी म्यासेज पठाउने गरेको र डेलिभरीमार्फत काठमाडौंको एयरपोर्टमा सामान आइपुगेको छ भनी कस्टम चार्ज, डेलीभरी चार्ज र ईन्सुरेन्स चार्ज जस्ता विभिन्न प्रयोजनमा रकम तिनुपर्छ भनेर पीडितलाई विश्वास दिलाइ विभिन्न व्यक्तिहरुको बैंक खातामा रहेको एक लाख ३५ हजार रुपियाँ रकम पठाउन लगाइ ठगी गरेको प्रहरीले जनाएको छ । 


सो कार्यक्रमा सङ्लग्न जिल्ला सप्तरी साविक धरमपुर गाविस वडा नं. ४ परिवर्तित कञ्चनरुप नगरपालिका वडा नं. ९ घर भइ हाल ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ३ ईमडोल बस्ने चौधरीलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :