अनलाइन एवम् सामाजिक सञ्जालमार्फत लाखौँ ठगी गर्ने एक जना पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

अनलाइन एवम् सामाजिक सञ्जालमार्फत लाखौँ ठगी गर्ने एक जना पक्राउ - Gandaki Express


कात्तिक १९ गते । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम आइडी आदिमार्फत १९ लाख २५ हजार रुपियाँ ठगी गर्ने २३ वर्षीय शिरीष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । 


काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार श्रेष्ठले विभिन्न अनलाइन आइडीबाट साथी बनाइ माया प्रेमको प्रपञ्चमा पारी मिलियन डलर, आइफोन, घडी, गरगहना, ल्यापटप लगायतका सामानहरू गिफ्ट पठाएको फोटो, भिडियो पठाइ विश्वास दिलाएर केही समय पश्चात् सोही पार्सल टर्की विमानस्थल, काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थल लगायत देशका भन्सार कार्यालयहरूमा सामान आइपुगेको भन्दै सो पार्सल पाउन कष्टम चार्ज, डेलिभरी चार्ज, इन्सुरेन्स चार्ज जस्ता प्रयोजनमा रकम लिने गरेका थिए ।


यस्तै विविध प्रयोजनमा उनले विभिन्न व्यक्तिहरूको नाममा रहेका बैङ्क खातामा १९ लाख २५ हजार रुपियाँ रकम पठाउन लगाइ स्थायी घर मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. १५ भई हाल काठमाडौँ बस्ने श्रेष्ठलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको प्रहरीले जनाएको छ । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :