पानस बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा महेश्वर रिमाल - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पानस बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा महेश्वर रिमाल - Gandaki Express


पोखरा - पोखरा महानगरपालिका वडा नम्बर ८ स्थित  सिर्जनाचोकमा रहेको पानस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औँ अधिवेशनले महेश्वर रिमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 

त्यसतै अधिवेशनले दुर्गा बहादुर थापालाई उपाध्यक्षमा , डुक प्रसाद काफ्लेलाई सचिवमा , सुजन श्रेष्ठलाई कोषाध्यक्षमा चयन गरेको छ भने विद्या गिरी, दुर्गा गिरी र नेत्र बहादुर खत्रीलाई सदस्यमा चयन गरेको छ  । 


त्यसै गरी लेखा संयोजकमा वासु जी.सी. र सदस्य-सन्तबहादुर लामिछाने र  गुणाखर अर्याल चयन भएका छन् । 


त्यस्तै नेपाल बचत तथा ऋण केन्द्रीय  सहकारी सङ्घ कास्कीका अध्यक्ष सूर्यप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न भएको साधारण सभामा संस्थाका विभिन्न कर्मचारी एवम् बचतकर्ताहरूलाई सम्मान गरिएको  थियो  । 


इन्द्रमान चौहानको अध्यक्षतामा सम्पन्न भएको उक्त  कार्यक्रममा  जुन कुमारी पुन , दिव्य देव नकर्मी, डिल्लीराम तिमिल्सिनालाई उत्कृष्ट बचतकर्ताको रूपमा सम्मान गरिएको थियो भने गौश्री पुन ज्येष्ठ बचतकर्ताको रूपमा सम्मान भएका थिए । 


साथै उक्त अवसरमा कर्मचारी विष्णु कुमारी ज्ञवाली र प्रबन्धक धनेन्द्र गुरुङ सँगै कृति लामिछाने, अनुप तिमिल्सिना , अनीश तिमिल्सिना, प्रशान्त राना , प्रीतिका शाही , विमुष पोखरेल,गणेश रिमाल र इच्छा चौहान लगायत सम्मानित भएका थिए । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :