विदेश पठाइदिने भनी ठगी गर्ने दुई जना प्रहरीको नियन्त्रणमा - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

विदेश पठाइदिने भनी ठगी गर्ने दुई जना प्रहरीको नियन्त्रणमा - Gandaki Express


 वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भनी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार रोल्पा गङ्गादेव गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाडौँ गंगबुमा बस्ने ३९ वर्षीय निमराज डाँगीलाई प्रहरीले पक्राउ गरेको छ ।


उहाँका अनुसार डाँगीले पोर्चुगलमा जान प्रतिव्यक्ति १६ लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि एक प्रतिष्ठित होटेलमा मासिक एक लाख २० हजार रुपियाँ तलब हुन्छ भनी प्रलोभनमा पारी पीडित जोनसन श्रेष्ठसँग पटक–पटक गरी दश लाख रुपियाँ लिई सम्पर्कविहीन भएका थिए । 


यस्तै, पाल्पा रब्दिकोट नगरपालिका वडा नं. ४ स्थायी घर भई हाल काठमाडौँ वसुन्धरा बस्ने ३३ वर्षीय चक्र पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पोखरेलले पीडित दीपेश तामाङलाई कुवेत जान दुई लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि मासिक ६० हजार रुपियाँ तलब हुन्छ भनी प्रलोभनमा पारेका थिए । उनले पटक–पटक गरी एक लाख रुपियाँ रकम लिई सम्पर्कविहीन रहेका पोखरेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार दुवै जनालाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग तहाचल पठाइएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :