पोखरा सेती नदी आसपासमा पानीको बहाव बढ्न सक्ने , सतर्क रहन सम्बन्धित सबैलाई आग्रह - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पोखरा सेती नदी आसपासमा पानीको बहाव बढ्न सक्ने , सतर्क रहन सम्बन्धित सबैलाई आग्रह - Gandaki Express



मङ्सिर २८, पानीको बहाव  बढ्न सक्ने भन्दै कास्की प्रहरीले  नदी वरीपरीका सबैलाई नदिको किनारमा नजान  र सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मङ्सिर २८ गते दिउँसो १२:०० बजे देखी ऐ.१६:०० बजेसम्म पोखरा १६ दिप स्थित रहेको ड्याम खोलिने भएकाले सम्बन्धित सबैलाई नदि आसपासमा नजान प्रहरीले अनुरोध गरेको हो  ।

सूचनामा भनिएको छ :

मिति २०८०।०८।२५ गते अं.१८:२९ बजे जिल्ला तनहुँ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.१६ लामाचौर बस्ने बर्ष १९ को संगम मिश्र ज्वरो सम्बन्धी बिरामी भई उपचारको लागि मणिपाल शिक्षण अस्पतालको ईमर्जेन्सी वार्डमा आएकोमा चेकअपको क्रममा निजको बुवा हरि प्रसाद मिश्र औषधी लिन गएको अबस्थामा छोरा संगम मिश्र अस्पतालबाट हराएको भनि ऐ.२१;१५ बजे सूचना प्राप्त हुनासाथ तत्काल व.प्र.का. बगरबाट प्रहरी टोली खटिई गई खोजतलास गर्दा मणिपाल अस्पतालबाट नदिपुर तर्फ आउने झोलुङ्गे पुलको बिचमा निजले लगाएको कपडा र ID कार्ड समेत फेला परेको र खोजतलासको क्रममा मिति २०८०।०८।२८ गते दिउँसो १२:०० बजे देखी ऐ.१६:०० बजेसम्म पोखरा १६ दिप स्थित रहेको ड्याम खोली खोजतलास समेत गरी दिनुहुन अनुरोध समेत भएको हुँदा उक्त समयमा सेति नदीमा पानीको वाहफ बढ्न सक्ने हुँदा उक्त समयमा नदी वरीपरी काम गर्ने तथा आवतजावत गर्ने मानिसहरु चनाखो भई कार्य गर्नु हुन, नदिको किनारमा नजानु हुन र सुरक्षा सतर्कता अपनाउनु हुन सबैको लागि यो सूचना प्रकाशन गरिएको छ ।  

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :