स्याङ्जाको एक पालिकाले छोरी जन्मिए पाँच हजार सहित बैङ्क खाता खोलिदिने - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

स्याङ्जाको एक पालिकाले छोरी जन्मिए पाँच हजार सहित बैङ्क खाता खोलिदिने - Gandaki Express


स्याङ्जा, छोरी जन्माउने आमालाई समाजले हेर्ने दृष्टिकोण अझै परिवर्तन नभएको भन्दै  स्याङ्जाको गल्याङ नगरपालिकाले छोरीको जन्मदर बढाउन ‘नगरकी छोरी’ कार्यक्रम सुरु गरेको जनाएको छ । 

गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने तिमिल्सीनाले वडा नम्बर ३ का मिना दर्जीकी आठ दिनकी छोरीको नाममा गरिमा विकास बैङ्कमा खाता खोलेर कार्यक्रमको शुभारम्भ गर्नु भएको हो ।

छोरी जन्माउने आमालाई समाजले हेर्ने दृष्टिकोण अझै परिवर्तन नभएको र  पछिल्लो समय छोरीहरूको जन्मदर कम हुँदै गएको भन्दै पालिकाले यस्तो कार्यक्रम सुरु गरेको हो   ।

कार्यपालिका बैठकले महिला सशक्तीकरणको कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा जन्मेका छोरीहरूका लागि बैङ्क खाता खोलेर ५ हजार रुपैयाँ दिने निर्णय केही हप्ता अगाडी  गरेको थियो । 

पालिकाले छोरीका नाममा खाता खोलेर  राखिदिएको पाँच हजार रुपियाँ छोरी अठार वर्षकी भएपछि मात्रै झिक्न मिल्ने व्यवस्था गरिएको पालिकाले जनाएको छ । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :