स्याङ्जामा रातको समयमा ट्याङ्कर दुर्घटना हुँदा दुई जना घाइते - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

स्याङ्जामा रातको समयमा ट्याङ्कर दुर्घटना हुँदा दुई जना घाइते - Gandaki Express


स्याङ्जा -  स्याङ्जामा  ट्याङ्कर सडकबाट अन्दाजी दुई सय मिटर तल खस्दा दुई जना घाइते भएका छन्  ।


आइतबार राति जाग्दी खोलाबाट पानी लिई मकैडाडा तर्फ जाँदै गरेको हिमाल कन्स्ट्रक्सनको ट्याङ्कर दुर्घटना हुँदा  चापाकोट नगरपालिका ५ मकैडाडा बस्ने ट्याङ्करका सहचालक ३२ वर्षीय जिगर परियार र रुपन्देही उपमहानगरपालिका १८ नयाँ गाउँ बस्ने ३१ वर्षीय चालक हिरा परियार घाइते भएका हुन् । 


सहचालक स्थानीय  नगर अस्पतालमा उपचार पश्चात् डिस्चार्ज भएका छन् भने  चालकलाई  थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ ।


रातको समयमा दुर्घटना भएको बताउँदै प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :