पोखरामा एक खाजा घरबाट लागु औषध बिक्री वितरण गरेको आरोपमा १ जना पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पोखरामा एक खाजा घरबाट लागु औषध बिक्री वितरण गरेको आरोपमा १ जना पक्राउ - Gandaki Express


पोखरा- कास्की पोखरा महानगरपालिका वडा नं.१० बाट लागु औषध सहित खाजा घर सञ्चालन गरेर बसेकी एक महिला पक्राउ परेकी छिन् ।


रङ्गशाला गेट अगाडी रहेको खाजा घरमा लागू औषधको कारोबार गरेको आरोपमा प्रहरीले  पोखरा  १० रङ्गशाला बस्ने वर्ष ४९ की देवी माया गुरुङलाई पक्राउ गरेको हो ।


खाजा घरमा लागू औषधको कारोबार भई रहेको भन्ने सूचनाको आधारमा खानतलासी गर्दा लुकाई छिपाई राखेको लागू औषध गाँजा जस्तो देखिने पदार्थ १ किलो २८० ग्राम सहित  देवीमायालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।


 निजलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा  पाँच दिन  म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको  छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :