पोखरामा लागू औषध सहित ४ युवक पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पोखरामा लागू औषध सहित ४ युवक पक्राउ - Gandaki Express


पोखरा, जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न स्थानबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरेको छ । 

मङ्गलवार  वडा प्रहरी कार्यालय राम बजारबाट खटिई गएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं.१४ नयाँ पुलबाट जिल्ला धादिङ घर भई हाल  पोखरा म.न.पा. वडा नं.९ पृथ्वी चोक बस्ने वर्ष १९ को आशिष थापा मगर र सोही स्थान बस्ने  २० वर्षीय  पूर्ण तामाङलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट  साथबाट लागू औषध गाँजा १ किलो ५०० ग्राम समेत फेला परेको  प्रहरीले जनाएको छ 

त्यस्तै  पोखरा महानगरपालिका वडा नं.०४ कोईरलामार्ग स्थितबाट जिल्ला सर्लाही घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ०४ कोईरलामार्ग बस्ने वर्ष ३५ को बिरु परियार र जिल्ला पर्वत जलजला गा.पा. वडा नं.०९ बनौ बस्ने वर्ष २६ को विनोद पुनलाई प्रहरीले पक्राउ गरेको हो ।  वडा प्रहरी कार्यालय बगर र वडा प्रहरी कार्यालय राम बजारबाट संयुक्त रूपमा खटिई गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो  ।

उनीहरूको  साथबाट लागू औषध गाँजा १ किलो ४८० ग्राम फेला परेको प्रहरीले जनाएको छ   ।

उनीहरूलाई जिल्ला  अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन पन्ध्र (१५) म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ  ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :