पोखराको एक विद्यालयमा सँगै पढ्ने साथीको अश्लिल भिडियो शेयर गर्दिन्छु भनेर धम्की दिने एकजना पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पोखराको एक विद्यालयमा सँगै पढ्ने साथीको अश्लिल भिडियो शेयर गर्दिन्छु भनेर धम्की दिने एकजना पक्राउ - Gandaki Express


पोखरा - नक्कली फेसबुक आइडी बनाई बालिकाको फोटो तथा भिडियोलाई अश्लील बनाई ब्ल्याकमेलिङ  गर्ने १६ वर्षीय  बालक पक्राउ परेका छन् ।


कास्की पोखरा महानगरपालिका  वडा नं. २७ बस्ने  १६ वर्षीय  बालिकालाई सोही विद्यालयमा पढ्ने  १६ वर्षीय बालकले वालिकाको फोटो तथा भिडियोहरूलाई अश्लील बनाई फेसबुकमा पोस्ट गरिदिन्छु भनेर धम्की दिने गरेको भन्ने  सूचना प्रहरीकोमा आएको थियो । 

बालकले त्यस्ता सामाग्री  आफन्तलाई समेत पठाई बेइज्जत गरिदिन्छु भनी विभिन्न डर धम्की देखाई बालिकालाई मानसिक यातना दिने तथा व्ल्याकमेल गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उक्त वालकलाई पक्राउ गरेको हो ।

निजले प्रयोग गर्ने २ थान मोबाइल सहित पक्राउ गरी विद्युतीय कारोबार ऐन कसुर अन्तर्गत (साइबर अपराध) मुद्दामा सम्मानित कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अन्य अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ  ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :