सामाजिक सञ्जालमार्फत रकम ठगी गर्ने दुई जना पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

सामाजिक सञ्जालमार्फत रकम ठगी गर्ने दुई जना पक्राउ - Gandaki Express


मंसिर २५ गते । प्रहरीले सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्स्टाग्राममार्फत रकम ठगी गर्ने कार्यमा सङ्लग्न दुई जनालाई पक्राउ गरेको छ ।


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेगमीका अनुसार फेसबुक पेजहरुमा आईफोन मोबाइलहरु सस्तोमा बिक्रीमा राखी व्निवेदकहरुसँग अनलाइनमा कुराकानी गरी अग्रिम दश प्रतिशत दिएपछि बाँकी रकम किस्ता–किस्तामा तिर्न मिल्छ भनी झुट्टा विज्ञापन राखेर पीडितको रकम ठगी गर्ने गरेको पाइएको छ । 


पीडितलाई डेलिभरीको सामान आइपुगेको र यसका लागि कस्टम चार्ज, डेलिभरी चार्ज र इन्सुरेन्स चार्ज जस्ता विभिन्न प्रयोजनमा रकम तिर्नुपर्छ साथै वैदेशिक रोजगारको विज्ञापन राखी पीडतलाई विश्वास दिलाइ विभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खातामा जम्मा दश लाख ३९ हजार रुपियाँ रकम पठाउन लगाइ ठगी गर्ने स्थायी घर पर्साका ३३ वर्षीय अफताब आलम र महोत्तरीका २७ वर्षीय विनय शाहलाई प्रहरीले पक्राउ गरेको छ । 


उनीहरुलाई प्रचलित कानुन बमोजिम ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर, भक्तपुर पठाइएको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :