गण्डकी प्रदेशका केही स्थानमा हल्का बर्षा , उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भवना - Gandaki express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

गण्डकी प्रदेशका केही स्थानमा हल्का बर्षा , उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भवना - Gandaki express


फाल्गुन ८,  मुलुकका केही स्थानहरूमा आज मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।


हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेकोले पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी गण्डकी पश्चिमका जिल्लाहरुमा पानी पर्ने सम्भावना छ ।


गण्डकीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का देखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ । साथै देशका पहाडी भू-भागका केही स्थानहरूमा पनि हल्का वर्षाको सम्भावना रहेको छ । भोलि र पर्सि देशभर बदली रहने छ ।


भोलि मधेस प्रदेश लगायत देशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ । पर्सि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :