गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो - Gandaki Express


फागुन ९ गते । नवलपुरमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्लाको हुप्सेकोट गाउँपालिका–३ को बेलहानीस्थित  भित्रि सडकखण्डमा झ्यालबासबाट गिरबारीतर्फ जाँदै गरेको लु ३६ प ५४९७ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । 


दुर्घटनामा मोटरसाइकल चालक हुप्सेकोट–२ मोहनडाँडाका पदम बहादुर ब्यम्बुको मृत्यु भएको प्रहरी निरीक्षक साजन शर्माले जानकारी दिनुभयो । घाइते ब्यम्बुलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।


घाइते सोही ठाउँका हिराबहादुर आलेलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर पठाईएको प्रहरी निरीक्षक शर्माले बताउनुभयो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :