स्याङ्जा , १५ फाल्गुन ।
स्याङ्जा पुतलीबजार नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । पालिकाले ४२ औं मगर दिवसको अवसरमा आज १ दिन सार्वजनिक बिदा दिएको हो ।
पालिकाद्वारा जारी सूचनामा भनिएको छ :
"मिति २०८० फाल्गुन १५ गते पर्न गएको ४२ औं मगर दिवस को उपलक्ष्यमा देश तथा विदेशमा रहनुहुने पुतलीबजार नगरवासी आमा-बुबा, दाजुभाई, दिदिबहिनीहरु तथा सम्पूर्ण नेपालीहरुमा सुख शान्ति समृद्धि एवं उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुका साथै उक्त १ दिन पुतलीबजार नगर कार्यपालिकाको कार्यालय र अन्तर्गतका सम्पूर्ण कार्यालयहरु, सामुदायिक एवं संस्थागत विद्यालयहरु, स्वास्थ्य संस्था तथा नगरपालिका क्षेत्र भित्र संचालित बैंक तथा वित्तीय संस्था र अन्य संघ संस्थाहरुमा पुतलीबजार नगरपालिका नगर कार्यपालिकाको मिति २०८०/११/१४ को बैठकबाट स्थानीय सार्वजनिक विदा दिने निर्णय भएको व्यहोरा अनुरोध छ।"