सुन तस्करी प्रकरणमा पर्वतका कलेज सञ्चालक गुरुङ काठमाडौँबाट पक्राउ - Gandaki Express

Breaking Posts

Type Here to Get Search Results !

ads

सुन तस्करी प्रकरणमा पर्वतका कलेज सञ्चालक गुरुङ काठमाडौँबाट पक्राउ - Gandaki Express

Top Post Ad


सुन तस्करी प्रकरणमा एक कलेज सञ्चालक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पर्वत फुलबारी-२ घर भएका काठमाडौँको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङलाई आज पक्राउ गरेको छ ।

दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धानका क्रममा गुरुङ योजनाकार रहेको पत्ता लागेपछि गुरुङलाई सामाखुसीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।


उहाँले भन्नुभयो, “दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनामा पक्राउ पुर्जी जारी भएपछि गुरुङ फरार थिए । उनी आज पक्राउ परेका छन् ।” गुरुङलाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको जनाइएको छ ।

Below Post Ad

प्रतिक्रिया :

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.