जनस्वास्थ्यमा प्रभाव पार्ने गरेको निष्कर्ष निकाल्दै माघ २५ गतेको कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार फागुन १६ गतेदेखि पुर्णरुपमा बिक्री वितरण र सेवनमा निषेध गरिएको नगरप्रमुख सुरत केसीले जानकारी दिनुभयो ।
पछिल्लो समय बजार क्षेत्रमा कुलतमा फस्ने यूवापुस्ताको संख्या बढ्न थालेपछि कार्यविधि बनाएर बिक्री वितरण निषेधसँगै अटेर गरेमा जरिवाना सहितको प्रक्रियामा अगाडी बढेको नगरप्रमुख केसीको भनाई छ । ‘अनुगमन र नियमनमा पनि कडाई गरिने छ,सार्वजनिक सूचना समेत जारी हुदैछ’ नगर प्रमुख केसीले भन्नुभयो । उहाँले हुक्का निषेधसँगै जिल्ला प्रशासन, प्रहरी सहितको अनुगमन र समुदायस्तरमा समेत हुक्काको प्रयोगलाई निरुत्साहित सहितको सचेतनामुलक कार्यक्रमहरु गरिने बताउनुभयो ।
बेनी बजार क्षेत्रमा संचालनमा रहेका होटल तथा रेष्टुरेन्टको तथ्याङ्कलाई आधार मान्ने हो भने बेनीमा दैनिक ५ सय जनाले हुक्का तान्ने गरेको पाहिएको छ हुक्काको सेवन दैनिक पाँचसयले गर्ने गरेको व्यापारीहरूकै तथ्यांकले बताउँछ । बेनीका हुक्का बढी बेच्ने होटल तथा रेष्टुरेष्ट र हुक्काको पोड बेच्ने पसलहरूको तथ्याङकले यस्तो देखाएको हो ।