फाल्गुन १२ गते शनिबारको तपाइको राशिफल यसप्रकार छ - Rashifal

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

फाल्गुन १२ गते शनिबारको तपाइको राशिफल यसप्रकार छ - Rashifal


 मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - मान तथा पद पाइएला, धार्मिक तथा सामाजिक कार्यहरु सम्पन्न होलान, धनधान्यको वृद्धि होला, मित्र तथा शुभचिन्तकको सहयोगले काम कार्यमा सफलता होला ।

वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - छोराछोरीको प्रगतिबाट प्रसंशा मिल्ला, मान्यजनको सहयोग सद्भाव पाउनाले आत्मबल निकै बढ्नेछ, तर कम्मरको दुखाइले निकै सताउन सक्छ।


मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - स्वास्थ्यमा सुधार आउनेछ, बैबाहिक तथा भोजमा सहभागी भइएला, कृषि कार्य तथा ब्यबसायबाट निकै लाभ होला, समग्रमा आजको दिन राम्रै मान्नपर्छ।


कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) -काम कार्यमा ढिलाई होला, मानसिक अशान्ति तथा फजुल खर्च होला, इस्टमित्रबाट धोका पाइनेछ, अध्ययन अध्यापनमा पनि बाधा आइपर्ला।


सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - माता तथा मावलितर्फबाट बिशेष सहयोग पाइनेछ, काम कार्यमा सफलता तथा सुख प्राप्त हुनेछ, सामाजिक तथा परोपकार सम्बन्धी कार्यहरु गरिएला।


कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) - आजको दिन अध्ययन अध्यापन तथा धार्मिक कार्यहरु सफल होलान, तर राज्यसम्बन्धी काममा भने केहि प्रतिकुल हुनसक्छ साबधानी अपनाउनुहोला।


तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) - शत्रुहरु गुप्तरूपले सक्रिय रहलान, बिनाकारण अपजस पाइएला, मानसिक अशान्ति होला, ब्यर्थ भ्रमण तथा व्यापार ब्यबसायमा नोक्सान होला। आजको दिन चन्द्रमालाई जल चढाउनाले राम्रो हुनेछ।


वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) - आजको दिन पत्नी आज्ञाकारी हुनेछिन, दैनिक जीवनका कार्यहरु सुधार हुदै जालान, मनमा शान्ति तथा सुख प्राप्ति होला। आज गरेका कार्यहरु सफल हुनेछन।


धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) - विभिन्न प्रकारका चोटपटक तथा धनको खर्च हुनेछ, मनमा चिन्ता तथा त्रास आदिको सामना गर्नुपर्ला, मित्रबाट बिश्वासघात हुनसक्ला। ओम् नाम शिबाय मन्त्र जप गरेमा आजको दिन शुभ हुनेछ।


मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) - शत्रुहरु आफै पाखा लाग्नेछन, भाग्योदयको समय आएको छ, धार्मिक कार्य तथा तिर्थयात्रा गराउला, बैदेसिक मार्ग पनि खुल्ला रहनेछ।


कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) - धेरै समयदेखि चलिरहेको मुद्दामामिला आज पुरा हुनेछन, नतिजा पनि आफ्नै पक्षमा रहनेछ, लेनदेन तथा बैदेसिक मामिलाका कार्यहरु विचार पुर्बक गरेमा सफलता हात लाग्नेछ।


मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) - गडेबुडेको धन प्राप्त होला, शत्रुहरु नाश हुनेछन, आफ्नो आत्मबल तथा हौसलाले कठिन कार्यहरु सफल होलान। घरमा कुनै धार्मिक कार्य तथा उत्सब होला।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :