बैङ्किङ कसुरमा फरार प्रतिवादी पक्राउ - Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

बैङ्किङ कसुरमा फरार प्रतिवादी पक्राउ - Express


प्रहरीले बैङ्किङ कसुरमा फरार प्रतिवादी ३६ वर्षीय आशा चौधरी लिम्बुलाई पक्राउ गरेको छ।


काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता नरहरि घिमिरेका अनुसार बैङ्किङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरले उनीमाथि दुई दिन कैद, जाहेरवालालाई बिगो तीन लाख रुपियाँ भरपाई र क्षतिपूर्ति बापत पीडित राहत कोषमा १२ हजार रुपियाँ जम्मा गराउने फैसला गरेको थियो।


स्थायी घर सुनसरी इटहरी नगरपालिका ५ भई हाल ललितपुर बस्ने लिम्बुलाई सातदोबाटोबाट पक्राउ गरी जिल्ला अदालत लगनखेल पठाइएको प्रहरीले जनाएको छ।


यसैगरी, वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भनी लाखौँ रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन्।


प्रहरीका अनुसार युके पठाउने भनी १६ लाख ८० हजार ठगी गर्ने ३८ वर्षीय सुवास आचार्य पक्राउ परेका छन्। स्थायी बसोबास काठमाडौँ शंखरापुर नगरपालिका ५ रहेका आचार्यले रामप्रसाद सिलवाललाई वर्किङ भिसाको नक्कली अफर लेटर देखाइ प्रलोभनमा पारेका थिए।


अष्ट्रेलिया पठाउने भनी १२ लाख रुपियाँ रकम ठगी गर्ने २७ वर्षीय महेन्द्र अधिकारी पक्राउ परेका छन्। स्थायी घर सिन्धुपाल्चोक भई हाल काठमाडौँ बुढानीलकण्ठ बस्ने अधिकारीले अर्जुन तामाङलाई अष्ट्रेलिया पठाउने भनी प्रलोभनमा पारेका थिए।


यस्तै,  प्रहरीले माल्दिभ्स पठाउने भनी तीन लाख रुपियाँ रकम ठगी गर्ने ३९ वर्षीय राममाया गुरुङलाई पक्राउ गरेको छ। स्थायी घर म्याग्दी रही हाल काठमाडौँ टोखा बस्ने गुरुङले माल्दिभ्समा आकर्षक तलब हुन्छ भनी नक्कली भिसा देखाइ प्रलोभनमा पारेका थिए।


प्रहरीका अनुसार उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।  

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :