मृत्यु हुनेमा शिवसताक्षी-११ वस्ने ६० बर्षीय पबित्रा भेटवाल रहनु भएको छ । मृतकका श्रीमान् ६२ बर्षीय घाइते दिलिप भेटवालको भने उपचार भइरहेको छ ।
बुधबार अपरान्ह पौने ५ बजे तिर शिवसताक्षी नगरपालिकाको रतुवामाइ बृक्षारोपण आयोजनाको वनमा घाँस दाउरा गर्न गएको समय हात्तीले आक्रमण गरेको थियो ।
मृतकको सनाखत गरी आवश्यक कारबाही बढाइएको छ भने घाईते भेटवालको विर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

