चैत १२ गते । इलामको सूर्योदय नगरपालिका–१२, मलिममा यात्रु बोकेका अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
मे. १ ह ४६८९ नम्बरको अटो गियर चेन्ज गर्नेक्रममा न्युट्रलमा गई अनियन्त्रित भएर सडकबाट खसेको हुनसक्ने प्रहरीको अनुमान छ ।
आइतबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएकी सूर्योदय १२ का ५६ वर्षीया मनकुमारी प्रधानको सोमबार उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रधानलाई घाइते भएपछि फिक्कल अस्पताल ल्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि झापाको बिर्तासिटी अस्पताल लगिएकोमा सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
सूर्योदय –१२ अटोचालक अनीश राईलाई पक्राउगरी थप अनुसन्धानको भइरहेको छ ।