पोखरा लेकसाइडमा प्रहरी हुँ भनी धम्की दिँदै हिँड्ने दुई जना पक्राउ - gandaki express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पोखरा लेकसाइडमा प्रहरी हुँ भनी धम्की दिँदै हिँड्ने दुई जना पक्राउ - gandaki express


पोखरा,  प्रहरी हुँ भनी धम्की दिँदै हिँड्ने २ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 
पोखरा महानगरपालिका वडा नम्बर ६ स्थित लेकसाइडबाट  रेडियो सेट (वाकिटाकी) समेत देखाई डर त्रास देखाई हिँडेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

मादक पदार्थ सेवन गरी हो-हल्ला गर्दै “हामीहरू प्रहरीको ठुलै व्यक्ति हौ” भनी हिँड्ने पोखरा ०६ शान्तिनगर चोक बस्ने वर्ष ३२ का नारायण गिरी र जिल्ला सप्तरी डाक्लेश्वरी नगरपालिका ७ घर भई हाल  पोखरा ११ फूलबारी बस्ने वर्ष २१ का विवेक ठाकुरलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

स्थानीय मानिसहरूलाई डर त्रास फैलाउँदै गरेको अवस्थामा फेला पारी सोधपुछ गरी सम्झाई बुझाई गर्दा निजहरूले उल्टै डिउटीमा खटिएका प्रहरी कर्मचारीलाई समेत अपशब्द बोली गाली गलौच गरी अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार  निजहरूलाई पक्राउ गरी अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट  १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ  ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :