मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा ११ जना पक्राउ - Gandaki express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा ११ जना पक्राउ - Gandaki express


 मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा गोरखामा ११ जना पक्राउ परेका छन् ।


प्रहरीले नौ वटा मोटरसाइकल पनि वरामद गरेको छ ।


वरामद गरेको मध्ये ५ वटा धादिङबाट चोरी भएको र ४ वटा गोरखाबाट चोरी भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गोरखाले विहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।


वरामद भएको मोटरसाइकल मध्ये ४ वटा बिक्री गरेको, ४ वटा चोरी गर्ने व्यक्ति स्वंयले प्रयोग गरेको पाइएको छ ।


१ वटा भने फालिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।


पक्राउ परेकाहरु मध्ये ६ जना चोरी गर्ने कार्यमा संलग्न रहेको पाइएको छ । ४ जना चोरीको मोटरसाइकल खरीद गरेको र १ जना चोरीको मोटरसाइकलहरुको पार्ट पुर्जाहरु फेर बदल गर्ने कार्यमा संलग्न रहेको, प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको पनि प्रहरीले जनाएको छ ।


२२० सीसीको पल्सर मोटरसाइकललाई बिशेष टार्गेट बनाई चोरी गर्ने गरेको पाइएको डिएसपी श्रेष्ठको भनाइ थियो । चोरीको मोटरसाइकलहरु गोरखाको उत्तरी दुर्गम भेगमा प्रयोग गर्ने र चोरीको मोटरसाइकलहरुको नयाँ पार्ट पुर्जाहरु पुरानो मोटरसाइकलमा फिट गर्ने गरेको खुल्न आएको डिएसपी श्रेष्ठले बताउनुभयो ।


फागुन १६ गते बारपाक सुलिकोट गाउँपालिका-देउराली स्थित लक्ष्मण गुरुङको प्र.३–०२–००१ प. ४६०१ नं.को २२० सि.सि.को पल्सर मोटरसाईकल चोरी भएको घटनाको अनुसन्धानको क्रममा चोरीमा संलग्नहरु पक्राउ परेका हुन् ।


उक्त चोरी भएको मोटरसाईकल सहित फागुन २७ गते आरुघाट गाउपालिका–३ निबोटका २६ को सुक बहादुर गुरुङ, १९ बर्षीय सुजन कार्की, वडा नं.६ कल्लेरीका ३१ बार्षीय राम कुमार श्रेष्ठ, वडा नं.४ थुमी बराम गाउँका २८ बर्षीय रोनिस भन्ने पदम बहादुर बराम र जिल्ला बारा, गढीमाई न.पा. वडा नं.११ घर भई आरुघाट –३ आर्खेत स्थित वि आर ब्रदर्श नाम गरेको वर्कशपमा काम २४ बर्षीय शंकर शाह सोनारलाई प्रहरीले पक्राउ गरेको थियो ।


अनुसन्धानकै क्रममा विहिबार आरुघाट–३ निबोटका १९ बर्षिय सन्तोष गुरुङ, २० बर्षिय सोमे भन्ने उत्तम गुरुङ, १९ बर्षिय देउवा गुरुङ, वडा नं.२ का २४ बर्षिय अन्जन घले, वडा नं.३ का ३१ बर्षिय टेक बहादुर आले र १९ को कमल आले मगरलाई प्रहरीले पक्राउ गरेको छ ।


आरोपित विरुद्ध चोरी कसूर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

चोरीमा संलग्नले मोटरसाईकल चोरी गरी बिक्री गर्ने र आफूले समेत प्रयोग गर्ने योजना बनाई योजनाबद्ध ढंगले चोरी गर्ने गरेको पाइएको पनि प्रहरीले जनाएको छ । गोरखा र धादिङ जिल्लाको विभिन्न स्थानबाट उनीहरुले मोटरसाइकल चोरी गरेका थिए ।


ना. ४९ प. ९४१३ नं.को २२० सि.सि.को पल्सर मोटरसाईकल, बा. ०८२ प. ६५६७ नं.को २२० सि.सि.को पल्सर मोटरसाईकल, बा.प्र.०२–०२५ प. ०९८३ नं.को २२० सि.सि.को पल्सर मोटरसाईकल, प्रदेश ३–०२–००३ प. ४६६ नं.को २२० सि.सि.को पल्सर मोटरसाईकल, बा. ६३ प. ३४२२ नं.को २२० सि.सि.को पल्सर मोटरसाईकल, बा. ६३ प. ४६९६ नं.को २२० सि.सि.को पल्सर मोटरसाईकल र बा.प्र. ०२–०२० प. ९१७९ नं.को ल्क् पल्सर मोटरसाईकल गरी थप ७ वटा चोरी भएको मोटरसाईकल तथा चोरी भएको बा.प्र. ०२–०२१ प. ९९५५ नं.को मोटरसाईकलको च्यासिस नम्बर उल्लेख भएको भाग, ईन्जिनको भाग र उक्त मोटरसाईकलको नम्बर प्लेट समेत वरामद गरिएको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :