चैत्र २, रौतहटमा आज दिउँसो एक जना मनि ट्रान्सफर सञ्चालकमाथि लुटेरा समूहले गोली प्रहार गरेका छन् । रौतहटको परोहा नगरपालिका वडा नं. ९ रामपुरखाप बजारमा रहेका शिवम मनि ट्रान्सफरका सञ्चालक नितेश साहमाथि गोली प्रहार भएको हो ।
गोली प्रहारबाट साह घाइते भएका छन् । लुटपाट गर्ने उद्देश्यले मनि ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार भएको आशङ्का गरिएको छ ।
सञ्चालकमाथि गोली प्रहार गर्ने समूहलाई प्रहरीले पक्राउ गरिसकेको छ । रौतहट प्रहरी प्रवक्ता एवम् डिएसपी एलिजा गिरीका अनुसार गोली प्रहार गर्ने तीन जना भारतीय नागरिक पक्राउ परका हुन् । पक्राउ पर्नेमा, मुनिस यादव, राजाकुमार पासवान र चन्द्र भारती रहेका छन् ।
पक्राउ परेकाहरूको साथबाट हतियार समेत बरामद भएको छ । घटनाको बारेमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।