रातको १:४० बज्यो !
म कान्ति बाल अस्पतालमा छु।
११:४० मा एउटा कल आयो । सेभ नभएको नम्बरबाट कल गर्नेले भन्नुभयो “बागलुङको निसीखोलाबाट ल्याएकी ७ वर्षकी छोरी सिकिस्त छन् । बुटवलबाट चितवन ल्याएको चितवनले कान्तिमा रिफर गर्यो ।र ,यहाँ ल्याएको यहाँ कसैले हेरिदिएन ।हामीलाई अप्ठ्यारो पर्यो । मैले उहाँको फोन राखेर ,कान्तिमा फोन गरे । तर, उठेन । चिनेका सोही अस्पतालमा रहेका एक जना डाक्टरलाई फोन गरे । उनको पनि फोन स्विच अफ रहेछ । रातको १२ बजी सकेको थियो । बिरामीको नजिकका उहाँकै फेरि फोन आयो । उहाँले हारगुहारको शैलीमा भन्दै हुनुहुन्थ्यो लौ न बचाई दिनुपर्यो । म तुरुन्तै गाडी निकालेर कान्ति पुगे । घरबाट ३० मिनेटमा अस्पताल पुग्दा बिरामीको अवस्था एकदमै नाजुक भइसकेको रहेछ । तुरुन्तै भेन्टिलेटर चाहिने बिरामीलाई अस्पतालले भर्ना नलिने अन्तै लैजानुस् भनेपछि बेडमा त्यसै छाडिदिँदा बिरामी झन् पछि झन् नाजुक बनेको देखे । अस्पतालले बिरामीको परिवारको हारगुहारलाई नसुनेर बाहिरै लैजान भनिरहेको र बिरामीको अवस्था झन् नाजुक भएर छटपटाई रहेको दृश्य कारुणिक थियो । मैले पनि त्यहाँ रहेका डाक्टरलाई बचाइदिनुहोस् भनेर अनुनय विनय गरे । तर, उनीहरू यति निर्दयी बनेर उभिए की मैले मान्छे यस्तो सम्म हुन्छ भन्ने कल्पना समेत गरेको थिइन । मलाई अस्पतालकै एक जना जुनियर कर्मचारीबाट एउटा आइसियु खाली भएको सूचना प्राप्त भएको थियो । सोही बेड छटपटाई रहेको त्यो बिरामीको प्राण जोगाउन पर्याप्त थियो भन्ने बुझाई सहित पहल गरिदिन मैले आग्रह गरे ।मेरो ठाउँबाट त्यो उपाय नलागेपछि माननीय देवेन्द्र पौडेलसहित ९ जना बागलुङका नेतालाई फोन गरे । तर, रात छिप्पिएकाले पनि होला कसैको फोन उठेन । शक्तिमा पहुँच कमजोर हुँदा छटपटाई रहेको बिरामी अहिले कान्तिबाट फर्काएर एउटा निजी अस्पतालमा लैजाँदै छौ । सोचिरहेको छु “पहुँच नहुनेले यो देशमा पाउने सुविधा भनेको मतदान मात्रै हो ।”कामना गरौँ 🙏🙏🙏
राजु सुबेदीको फेसबुक वालबाट