वडा अध्यक्ष घुस रकम सहित कार्यालयबाटै पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

वडा अध्यक्ष घुस रकम सहित कार्यालयबाटै पक्राउ - Gandaki Express


चैत १८ गते । कपिलवस्तुको महाराजगन्ज नगरपालिका-२ का अध्यक्ष उजेर अलि घुससहित पक्राउ परेका छन् । 


अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले आइतबार उनलाई वडा कार्यालयबाट नियन्त्रणमा लिएको हो ।


अलिले सेवाग्राहीसँग घर बाटो सिफारिस गर्ने नाममा घुस लिएको अवस्थामै उनी पक्राउ परेका हुन् । 


अख्तियारको टोलीले कार्यकक्षबाट घुससहित पक्राउ गरेको आयोगको कार्यालय बुटवलका सूचना अधिकारी तथा उपसचिव भेषराज रिजालले जानकारी दिनुभयो । 

उजेरबाट घुसवापत लिएको १५ हजार रकमसमेत बरामद गरिएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :