फाल्गुन २५, वैवाहिक कार्यक्रमका लागि हिँडेको स्कार्पियो ब्रेक फेल भई दुर्घटना भएको खबर छ ।
अर्घाखाँचीको घुम्टी दुर्गा फाँट सडक खण्डको भञ्ज्याङ्नजिक बा १५ च २३५३ नम्बरको स्कार्पियो ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति नभएको खबर छ ।
प्रहरीका अनुसार स्कार्पियोमा सवार ७ जना यात्रु सकुशल रहेका छन् । गाडीमा सवार सबैको अवस्था सामान्य रहेको र स्कार्पियोमा भने क्षति भएको छ ।
स्कार्पियो कपिलवस्तुदेखि अर्घाखाँचीको दुर्गा फाँटसम्म वैवाहिक कार्यक्रमका लागि हिँडेको थियो ।