चैत्र ६, अवतरण पछि श्री एयरलाइन्सको चक्का फुत्किँदा जहाज दुर्घटना हुनबाट जोगिएको छ।
साँझ ७ बजेर ५२ मिनेटमा धनगढीको विमानस्थलमा अवतरण गरेको एएनएच २२७ नम्बरको जहाजको अगाडीको दाँयापट्टीको चक्का फुत्किएको हो ।
जहाज रोकिएपछि चालकले हेर्दा चक्कामा समस्या देखिएकाले जहाज ग्राउण्डेड गरिएको थियो ।
धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहका अनुसार जहाज अवतरण भएर पार्किङ गरिएपछि मात्र दायाँ पट्टीको चक्कामा प्राविधिक समस्या देखिएको थाहा लागेको थियो ।