बारेकाेटमा गाडी दुर्घटना १ जना घाइते भएका छन् । बारेकाेटकाे लिम्साबाट कालीमाटी जाँदै गरेको भे १ ज ६८० न. को बाेलेराे जिप दुर्घटना हुँदा १ एक जना घाइते भएका हुन् ।
बोलेरो लिम्साकाे दाेमिल्दामा आज दिउँसो करिब १:४५ बजे दुर्घटना भएको हो । दुर्घटनामा चालक हिमाल पोख्रेल घाइते भएका छन्।
बारेकाेटमा ४ वर्ष यता ५ ओटा गाडी दुर्घटनामा परेका छन् भने ३ जनाले ज्यान गुमाएका छन् ।