मोटरसाइकल दुर्घटनामा पछाडी बस्नेको ज्यान गएपछि चालक फरार Gandaki express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

मोटरसाइकल दुर्घटनामा पछाडी बस्नेको ज्यान गएपछि चालक फरार Gandaki express



सुलीकोट,फागुन २० गते । गोरखामा मोटरसाइकल दुर्घटना हुँदा  एक जनाको मृत्यु भएको छ । 


मृत्यु हुनेमा सिरानचोक गाउँपालिका–६ नयाँसाँघु घर भएका २७ वर्षीय मिलन थापामगर भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिनुभयो । 


प्रहरी निरीक्षक खड्काका अनुसार गएराति १० बजेको समयमा सिरानचोक गाउँपालिका–७ भालुस्वाँराबाट घरतर्फ नयाँसाँघु फर्कने क्रममा बा ९१ प ४५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मोटरसाइकल पछाडि सवार मिलन थापामगर गम्भीर घाइते भई उपचारको क्रममा जिल्ला अस्पताल गोरखामा मृत्यु भएको हो। 


मोटरसाइकल चालक गोरखा नगरपालिका–३ बस्ने नारेश्वर बस्ने वर्ष ३० का राजेश परियार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक खड्काको भनाइ छ । 


घटनापछि चालक परियार फरार रहेकाले खोजी कार्य जारी रहेको तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 


मृतक थापामगर फागुन २१ गते क्रोसियाको लागि फ्लाइट भएकाले साथीभाइ भेटघाटका लागि भालुस्वाँरातर्फ गएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :