पश्चिमी वायुको प्रभाव क्रमशः पूर्वतर्फ सर्दैगएकाले राति बागमती र कोशी प्रदेशमा पनि हल्का वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेशको मौसम पूर्णतया बदली रहे पनि आज पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् अर्यालको भनाइ छ ।
उहाँका अनुसार भोलि पनि देशका सबै भूभागको मौसम आंशिकदेखि पूर्णतया बदली रही केही भूभागमा सामान्य वर्षाको सम्भावना रहेको छ । पर्सी सोमबारदेखि भने मौसममा सुधार हुँदैजाने मौसमविद् अर्यालको भनाइ छ ।

