ट्यांकरबाट डिजेल चोरी गर्दागर्दैको अवस्थामा दुई जना समातिए - Gandakiexpress

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

ट्यांकरबाट डिजेल चोरी गर्दागर्दैको अवस्थामा दुई जना समातिए - Gandakiexpress


ट्यांकरबाट डिजेल चोरी गर्ने दुईजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । नेपाल आयल निगम, अमलेखगन्जबाट डिजेल लिएर काठमाडौंको जाँदै ट्यांकर हेटौँडा उपमहानगरपालिका-९ स्थित नवदुर्गा आयल स्टोरको कम्पाउन्डभित्र रोकेर डिजल चोरी गर्दै गरेको अवस्थामा प्रहरीले एक भारतीय नागरिक सहित दुई जनालाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा ना ७ ख २७९४ नम्बरको सोही ट्यांकरका चालक पर्सा जिलला वीरगन्ज महानगरपालिका- ११ श्रीपुरका ४९ वर्षीय आलम हवारी र भारत मोतिहारी श्रीरामपुर घर भई हाल हेटौँडा- ९ नवदुर्गा आयल स्टोरमा कार्यरत वर्ष ३० का वीरेन्द्र साह रहेका छन् ।


ट्यांकरबाट करिब ४० लिटर डिजेल निकालेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । ट्यांकरसहित पक्राउ परेका दुवैजनालाई काठमाडौंस्थित थानकोट डिपो पठाइएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :