नाडा गण्डकी प्रदेशको नि: शुल्क स्वास्थ्य शिविर स्याङ्जामा सम्पन्न - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

नाडा गण्डकी प्रदेशको नि: शुल्क स्वास्थ्य शिविर स्याङ्जामा सम्पन्न - Gandaki Express


स्याङ्जा ।

नेपाल आयुर्वेद औषधि व्यवसायी सङ्घ , गण्डकी प्रदेशले स्याङ्जाको फेदिखोलामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।  संस्थाका अध्यक्ष दीपक भुसालको अध्यक्षता , जनक पराजुलीको प्रमुख आतिथ्य , कृष्ण राउतको संयोजन एवम् अमोर सेवा नेपालले  समन्वय गरेको शिविरमा २७५ जना  बिरामीहरूले लाभ लिएका थिए भने  करिब २ दुई लाख तेत्तीस हजारको आयुर्वेद  औषधि नि:शुल्क  वितरण गरिएको थियो । 

शिविरमा डा. दीपक भुसाल र डा. उत्सव पौडेलद्वारा बिरामी परीक्षण गरिएको थियो ।  कार्यक्रममा केन्द्रीय चार प्रदेश संयोजक राजु कुमार पौडेल , अल नेपाल होमियोपेथिक एसोसिएसन गण्डकी प्रदेश अध्यक्ष डा. विष्णु प्रसाद चापागाईँ , संस्थाका उपाध्यक्ष विष्णु शर्मा , सचिव रमेश चापागाईँ , कोषाध्यक्ष  राजेन्द्र अधिकारी र सदस्य केवि थापाको उपस्थिती  रहेको थियो।


संस्थाले चैत्र ३० गते रामकोटमा विशेष कार्यक्रम आयोजना  गरी क्यालेन्डर विमोचन गरेको थियो । यसै गरी  वैशाख १ गते अश्वगन्धा , अमला , टिमुर  , सत्य जीवन , बोजो लगायतका  जडीबुटी बिरुवा रोपन तथा स्थानीय आमा समूहलाई आयुर्वेद स्वास्थ्य जनचेतना कार्यक्रम र अमोर सेवा नेपाल , बालगृह लाई  रु ५०,००० आर्थिक सहयोग समेत गरेको थियो।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :