बालुवा बोकेको टिपर तामाकोशी किनारमा खस्यो, एक जनाको ज्यान गयो अर्का एक गम्भीर घाइते - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

बालुवा बोकेको टिपर तामाकोशी किनारमा खस्यो, एक जनाको ज्यान गयो अर्का एक गम्भीर घाइते - Gandaki Express


 चैत ३ गते । रामेछाप सदरमुकाम मन्थली नजिकै टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।


सोमबार बिहान अन्दाजी ६ बजेको समयमा मन्थली नगरपालिका–७ भटौलीबाट बालुवा बोकेर सदरमुकाम मन्थली आउँदै गरेको बा ०१–००६ ख–३८३९ नम्बरको टिपर मन्थली–मुगिटार–खाँडादेवी सडक खण्डको मन्थली नगरपालिका–७ पोडे दहबाट ५० मिटर तल तामाकोशी नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।


दुर्घटनामा परी टिपर चालक २० वर्षीय दीपेन्द्र भनिने पवित्र बस्नेतको मृत्यु भएको र सहचालक दोलखा जिल्ला तामाकोशी गाउँपालिका वडा नं ६ च्यामाका २१ वर्षीय मनोज फुयाँल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीप कुमार सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार चालक र सहचालक दुवै जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारको लागी मन्थली अस्पताल लगिएकोमा चालकलाई बिहान ६ः५५ बजे मन्थली अस्पतालका डाक्टरले मृत घोषणा गरेका हुन् ।


हात र मुखमा गम्भीर चोट लागेका सह–चालकको अहिले मन्थली अस्पतालमा उपचार भइरहेको डिएसपी सिंहले बताउनुभयो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :