पोखरामा कक्षा १२ को प्रश्न पत्र आउट गरेको अभियोगमा दुई जना पक्राउ - Gandaki express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पोखरामा कक्षा १२ को प्रश्न पत्र आउट गरेको अभियोगमा दुई जना पक्राउ - Gandaki express

पोखरा ,
प्रहरीले पोखरा महानगरबाट आइतबार भएको कक्षा १२ को सामाजिक विषयको प्रश्न पत्र आउट गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वडा नं. ११ फूलबारीका ३९ वर्षीय नारायण बास्तोला र सोही ठाउँका  ३७ वर्षीय  रामचन्द्र बास्तोलालाई प्रहरीले कक्षा १२ को प्रश्न पत्र आउट गरेको अभियोगमा पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय रामबजार र गण्डकी प्रदेश प्रहरी कार्यालयबाट समेत खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट कक्षा १२ को थप उत्तर पुस्तिका आठ थान र तीन वटा मोबाइलसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

कास्की जिल्ला अदालतबाट हिरासतमा राख्न अनुमति लिई उनीहरूमाथि  थप अनुसन्धान भइरहेको छ ।

आइतबार ९ बजेतिर पोखरा महानगरपालिका वडा नम्बर ११ फूलबारी स्थित शिव शक्ति माविबाट कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्न पत्र बाहिरिएको थियो। 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :