जंगलमा लागेको आगो विद्युत सव-स्टेशनमा पुग्दा डेढ करोड बढीको क्षति - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

जंगलमा लागेको आगो विद्युत सव-स्टेशनमा पुग्दा डेढ करोड बढीको क्षति - Gandaki Express


 गुल्मीमा जंगलमा लागेको आगो विद्युत सव-स्टेशनमा पुग्दा डेढ करोड बढीको क्षति भएको छ । शुक्रबार बेलुकी जिल्लाको गुल्मीदरबार गाउँपालिका वडानम्बर-४ बिरबास स्थितमा रुङखादह सामुदायिक जंगलमा लागेको आगो विद्युत सव-स्टेशन परिसरमा पुग्दा त्यहाँ रहेका तारहरु जलेर नष्ट भएको नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलले बताउनुभयो ।


शवस्टेशन क्षेत्रमा आगो निभाउने कार्यमा लागि परेकाले अहिलेलाई अनुमानित डेढ करोड बराबरको तार जलेर नष्ट भएको अनुमान गरिएको पोखरेलले उहाँको भनाइ छ । जिल्लाका सम्पूर्ण क्षेत्रमा विद्युतिकरण गर्ने लक्ष्यले त्यस स्थानमा सामाग्री राखिएको थियो ।


आगोलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानियहरु, दमकल सहित खटिएर आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) शंकर पोखरेलले बताउनुभयो ।


पछिल्लो केहि दिनयता जिल्लाका विभिन्न स्थानका सामुदायिक बनमा आगोलागीका घटनाहरु बढ्दै गएका छन् । मानविय त्रुटीका कारणले वनजंगलमा आगलागीका घटनाहरु बढदै गएका छन् । मानिसले वनमा आगो लगाउने गरेपनि आवश्यक सुराकी नदिंदा दोषी पक्राउ पर्ने गरेको पाइदैन ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :