मोटरसाइकलको पछाडिको चक्कामा सल बेरिएर दुर्घटना हुँदा एक जनाको ज्यान गयो - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

मोटरसाइकलको पछाडिको चक्कामा सल बेरिएर दुर्घटना हुँदा एक जनाको ज्यान गयो - Gandaki Express

तस्विर : गोरखापत्र 


पूर्व–पश्चिम लोकमार्गको बर्दीबास –५ स्थित टुटेश्वरको जंगलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।


अर्का एक जनाको अवस्था गम्भीर छ । मोटरसाइकल पछिल्लो चक्कामा सल बेरिएपछि बाइक दुर्घटना भएको बर्दीबास प्रहरीले जनाएको छ । 


दुर्घटनामा परी सर्लाही बागमती –४ कि २२ वर्षीया मोटरसाइकल चालक स्मृति कार्कीको मृत्यु भएको हो । प्रहरीकाअनुसार चिउँडो, टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको उहाँलाई दुर्घटनालगत्तै बर्दीबासस्थित शुभ स्वस्तिक अस्पताल भर्ना गरिएको थियो । 


अवस्था गम्भीर भएपछि सघन उपचारका लागि जनकपुरस्थित काब्या अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दुर्घटनामा  टाउकोमा चोट लागि गम्भीर घाइते हुनुभएकी ५० वर्षीया उषा कार्कीलाई शुभ स्वस्तिक असपतालमा प्राथमिक उपचारपछि चिकित्सकको परामर्शमा काठमाडौं लगिएको छ ।  


बर्दीबासस्थित इलाका प्रहरीका डिएसपी रेवतीरमण पोखरेलकाअनुसार पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको प्रदेश २–०३–००७ प ३३६९ नम्बरको मोटरसाइकलको पछाडि चक्कामा उषा कार्कीको सल बेरिदा दुर्घटना भएको हो । प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको छ । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :