खेतमा पानी लगाउने कुलोबाट लड्दा एक जनाको ज्यान गएको छ । गुल्मीमा बाख्रा चराउने क्रममा खेतमा पानी लगाउने कुलोबाट लड्दा एक जनाको ज्यान गएको हो ।
बाख्रा चराउन गएका कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ जयखानीका २१ वर्षीय अस्मिता सुनारको ज्यान गएको हो ।
सुनार सोमबार दिउँसो बाख्रा चराउने क्रममा खेतमा पानी लगाउने कुलोबाट लडेर करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।