आगलागीबाट ढुङ्गाले छाएको दुईतले घर जलेर पुर्णरुपमा क्षति - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

आगलागीबाट ढुङ्गाले छाएको दुईतले घर जलेर पुर्णरुपमा क्षति - Gandaki Express


गुल्मीको मदाने गाउँपालिका- ७ भनभनेमा आगलागीबाट तीनवटा घरगोठ जलेर नष्ट भएका छन् । स्थानीय व्यक्तिको खरबारीमा लागेको आगो वस्तीतर्फ फैलिएर तीन वटा घर–गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।


भनभनेको दिपक माद्यामिक विद्यालय नजिकैको वनबाट फैलिएको आगो बस्तीमा फैलिएपछी स्थानीय यम बहादुर घर्तीको ढुङ्गाले छाएको दुईतले घर जलेर पुर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताउनुभयो ।


त्यस्तै आगलागीबाट सोही वडाका सोम बहादुर घर्तीको ढुङ्गाले छाएको २ तले कच्ची घर, बङ्गालो र कुटानी कुटानी पिसानी गर्ने एउटा मिल समेत जलेर पुर्णरुपमा क्षति भएको छ ।


आगलागीका कारण घरविहिन भएका नागरिकलाई गाउँमै सुरक्षीत स्थानमा राखिएको छ । आगलागीबाट दिपक माध्यामिक विद्यालयको दुईवटा शौचालय जलेर नष्ट भएका छन् । स्थानीयका परालको टौवा, दाउरा राख्ने कटकुरो, आरा मेसिन पुर्णरुपमा जलेर क्षति भएको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :